काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ ।
जनता समाजवादी पार्टी, नेपालबाट अलग्गिएर महन्थ ठाकुर र राजेन्द्र महतो पक्षधरले गठन गरेको लोकतान्त्रिक समाजवादी पार्टीलाई निर्वाचन आयोगले बुधवार मान्यता दिएको हो ।
बुधवार नै निर्वाचन आयोग पुगेर १६ जना केन्द्रीय सदस्य र १४ जना संघीय सांसदले सो पार्टीको पक्षमा सनाखत गरेका थिए ।
यससँगै जनता समाजवादी पार्टी औपचारिक रुपमा विभाजन भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया