माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले पायो दलको मान्यता

लोकपथ
182
Shares

काठमाडौं । नेकपा एमालेबाट अलग भएका नेताहरुले माधवकुमार नेपालको नेतृत्वमा गठन गरेको पार्टी नेकपा (एकीकृत समाजवादी)ले राजनीतिक दलको मान्यता पाएको छ ।

निर्वाचन आयोगले सो दललाई बुधवार दर्ता प्रमाणपत्र प्रदान गरेको हो ।

आयोगले बुधवार नै नेताहरुको सनाखत गरेको थियो । नवगठित दलको पक्षमा ५४ जना केन्द्रीय सदस्य र २९ जना संघीय संसदका सदस्यले सनाखत गरेका थिए ।

एकीकृत समाजवादीले निर्वाचन आयोगबाट दलको मान्यता पाएसँगै नेकपा(एमाले) औपचारिक रुपमा विभाजन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?