काठमाडौं । अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिकहरू नेपाल फर्कने प्रकृया जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
कन्सुलर सेवा विभागको वेब पोर्टलमा सूचीकृत भई काबुलका विभिन्न स्थानमा समुहबद्ध रूपमा उद्धारको पर्खाइमा रहेका ४२ जना नेपाली स्वदेश फर्कने क्रममा काबुल विमानस्थलमा उडानको प्रक्रियामा रहेको मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लण्डन, र नयाँदिल्लीमा रहेका नेपालीहरूलाई पन िकाठमाडौंसम्म ल्याउनको लागि निरन्तर समन्वय र सहजीकरण भइरहेको मन्त्रालयको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया