पार्टनरलाई रोमान्टिक कसरी बनाउने

लोकपथ
663
Shares

धेरै जोडीलाई कहिले काहीँ के लाग्छ भने आफ्नो पार्टनर नै रोमान्टिक छैन भनेर । कतिपय जोडीमा पुरुष पार्टनर बढी रोमान्स चाहने स्वभावका हुन्छन् भने कतिपयमा महिला पनि बढिनै चाहने खालका हुन्छन् । यस्तो अवस्थामा एकले अर्काको रोमान्सको भावनालाई बुझ्न नसक्दा पार्टनर बिच मनमुटाब र फाटो समेत आउन सक्छ ।

पार्टनर बिचको सम्बन्धलाई लामो समयसम्म लैजानका लागि एक अर्का बिच रोमान्स हुनै पर्छ । पार्टनर बिचको सम्बन्धका कारण रोमान्स गर्ने प्रक्रिया फरक फरक पनि हुन सक्छ । जस्तो प्रेमी–प्रेमीका बिच एक अर्कालाई रोमान्स गराउन गिफ्ट दिने, डेटिङमा लैजाने जस्ता कामहरू गर्न सक्छन् भने श्रीमान्–श्रीमती भएमा खाना साथै पकाएर, खाना साथै खाएर पनि रोमान्सलाई सिर्जना गर्न सकिन्छ ।

पार्टनरको रोमान्स भावना बुझ्ने

धेरैलाई आफ्नो पार्टनर रोमान्स नै नचाहने किसिमको हो कि भन्ने भ्रम रहेको हुन्छ । यस्तो हुनुको मुख्य कारण भनेको आफ्नो पार्टनर कुन कुरामा बढी रोमान्स भएको रुचाउँछन् भन्ने कुरा बुझ्न नसक्नु नै हो । कतिपय व्यक्ति आफ्नो पार्टनरलाई रोमान्टिक बनाउन गुलाबको फुल दिन्छन् तर उसको चाहना साथै बसेर कफी पिउँदा हुनसक्छ । त्यसैले आफ्नो पार्टनरलाई रोमान्टिक बनाउन उसको कुन कुरामा बढी इच्छा छ त्यो कुरा बुझ्न सकेमा सानो कुराले पनि बढी रोमान्स सिर्जना गर्न सकिन्छ ।

आफैँ पहल गर्नुहोस्

रोमान्टिक वातावरण सिर्जना गर्न पार्टनरले नै पहिला पहल गरोस् भन्ने सोचाई राख्नु नै गलत हो । तपाईँको पार्टनरलाई तपाईँको साथमा सधैँ रोमान्टिक वातावरण मन पर्छ त्यसैले यस्तो विषयमा आफैँ योजना बनाएर अग्रसर हुनु नै राम्रो हुन्छ । त्यसैले तपाईँलाई आफ्नो पार्टनरसँग रोमान्टिक हुने मन छ भने कुनै किसिमका पनि रोमान्टिक कन्सेप्ट ल्याउन सक्नुहुन्छ । यसले पार्टनरलाई खुसी दिन र तपाईँसँग यति रोमान्टिक भइदिन्छन् कि यो तपाईँको कल्पना भन्दा बाहिरको हुनसक्छ ।

मनको कुरा भन्नु

आफ्नो पार्टनर रोमान्टिक छैन भन्ने किसिमको धारणा मनमा कहिल्यै राख्नु हुदैंन । यस्ता किसिमका नकारात्मक भावना बढ्दै गएमा सम्बन्धमै चिसोपन आउन सक्छ । त्यसैले यदि तपाईँलाई आफ्नो पार्टनर रोमान्टिक हुने स्वभावको लाग्दैन भने खुलेर कुरा राख्दा राम्रो हुन्छ । यदि आफ्नो कुरा पार्टनरलाई राम्ररी बुझाउन सकेको खण्डमा पार्टनरलाई पनि तपाई कुन काम गर्दा बढी रोमान्टिक हुनुहुन्छ भन्ने कुरा बुझ्ने मौका मिल्छ । पार्टनरले पनि सोही अनुसार तपाईँलाई नयाँ नयाँ किसिमले रोमान्टिक बनाउने प्रयास गर्छन् ।

फिल्म र सामाजिक सञ्जालबाट प्रभावित नहुने

फिल्म र सामाजिक सञ्जाल हेरेर आफ्नो पार्टनरसँगको रिलेसनलाई कहिल्यै तुलना गर्नु हुदैंन । फिल्ममा पार्टनरबिचको रोमान्समा यस्तो किसिमका कथाहरू बनाइन्छ जसले दर्शकलाई प्रभावित गर्न सकियोस् भन्ने हुन्छ । यो बाहेक केही घटनाहरू काल्पनिक पनि बनाइएको हुन्छ । यदि यस्ता कुराहरूलाई आफ्नो वास्तविक जीवनमा लागू गर्ने प्रयास गरियो भने यसले पार्टनरका बिच रोमान्स भन्दा पनि द्वेष सिर्जना गर्न सक्छ । यस्तै सामाजिक सञ्जालमा पार्टनरहरू बिच आएका आकर्षक तस्बिरहरू कतिपय विशेष ढङ्गले फोटो सेसन गरेर तयार पारिएको हुन सक्छ । त्यसैले आफूले पनि त्यस्तै किसिमको कल्पना गरेर पार्टनरसँग आशा राख्दा सम्बन्धमा चिसोपन आउन सक्छ ।

यदि तपाईँले आफ्नो पार्टनरसँगको सम्बन्धमा रोमान्सलाई भित्र्याउन चाहनु हुन्छ भने माथिका कुराहरूलाई आफ्नो सम्बन्धमा लागू गर्नु राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?