‘काँढेतार’ मा गौरव पहारी अनुबन्धित

लोकपथ
28
Shares

काडमाडौं । चलचित्र ‘काँढेतार’मा गौरव पहारी देखिने भएका छन् । नवल नेपालले निर्माण गर्न लागेको चलचित्रको प्रमुख भूमिकाका लागि पहारी अनुबन्धित भएका हुन् ।

नवल नेपालले नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने माग लामो समयदेखि उठाउँदै पनि आएका छन् । उनले यही कथामा चलचित्र बनाउने तयारी थालेका हुन् ।

गौरव चलचित्रमा सिमानामा बस्ने एक विद्रोही युवाको भूमिकामा देखिनेछन् । यो चलचित्रलाई नवल नेपाल र शंकर कार्कीले निर्देशन गर्दै छन् ।

नवलले चलचित्रले असल छिमेकीसँगको सद्भावलाई पनि कायम राख्ने बताएका छन् । यो चलचित्रको छायांकन तिहारपछि सुरु गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?