रुपन्देहीमा १४ वर्षीया किशोरी बलात्कृत

लोकपथ
119
Shares

रुपन्देही । रुपन्देहीमा १४ वर्षीया एक किशोरी बलात्कृत भएकी छन् ।

बलात्कारको आरोपमा देवदह नगरपालिका–५ नयाँबस्ती बस्ने पाल्पा तानसेन नगरपालिका–७ घर भएका ३० वर्षीय छविलाल चौहान मगरलाई प्रहरीले बुधबार बिहान पक्राउ गरेको हो ।

छविलालले ती किशोरीलाई सोमबार बेलुका आफ्नै कोठामा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?