नेता मेटमणिको खुलासा : माधव र प्रचण्डको पार्टीबीच एकीकरण हुन्छ

लोकपथ
287
Shares

काठमाडौं । प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका नेता मेटमणि चौधरीले अबको चार महिनामै नेकपा माओवादी केन्द्र र माधवकुमार नेपाल नेतृत्वको पार्टीबीच एकता हुने दाबी गरेका छन्।

नेता चौधरीले निर्वाचन आयोग पुगेर सनाखतपश्चात् सञ्चारकर्मीसँग कुरा गर्ने क्रममा यस्तो दाबी गरेका हुन्।

‘अबको चार महिनाअघि नै हाम्रो नेकपा (एकीकृत समाजवादी) र माओवादी केन्द्रबीच एकता हुने सम्भावना बढेको छ’, उनले भने, ‘त्यसका लागि आवश्यक छलफल र तयारी पनि भइरहेको छ। हामीबीच कुरा अघि बढेको छ।’

त्यस्तै नेता चौधरीले दोस्रो पुस्ताका नेताहरुले माधव नेपाललाई उचालेर अन्तिममा धोका दिएको पनि बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?