सिन्धुपाल्चोक दुर्घटना : बसभित्रै च्यापिएर २ को मृत्यु

लोकपथ
2.9k
Shares

चौतारा । सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।

लिसंखुपाखर गाउँपालिकाबाट काठमाडौं आउदै गरेको यात्रुवाहक बस सुनकोशी गाउँपालिका ३ कालिकाका छापा नजिकै दुर्घटना हुँदा बसमा सवार ३० घाइते भएका हुन् ।

बुधबार बिहान साढे ११ बजे बस सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीले जानकारी दिए ।

बसमा सवारमध्ये दुई पुरुषको बसभित्रै च्यापिएर मृत्यु भएको एसपी राजन अधिकारीले बताए । उनका अनुसार बा ३ ख ८०३० नम्बरको पुर्व अरनिको यातयात कम्पनी प्रालिअन्तर्गत सञ्चालित बस लिसंखुपाखर गाउँपालिकाको वाफलबाट काठमाडौंको लागि छुटेको थियो ।

घाइते मध्ये १५ जनालाई स्थानीय सिन्धु सदावहार अस्पताल र १५ जनालाई धुलिखेल अस्पतालमा लगिएको प्रहरीले जानकारी दिएको छ । दुर्घटना लगतै प्रहरी र स्थानीयले घाइतेहरुको उद्धार गरेका थिए । दुर्घटनाको बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?