सप्तरी । सप्तरीकी २४ वर्षीया महिलालाई बलात्कार गरेका आरोपमा एक इञ्जिनियर पुर्पक्षका लागि राजविराज कारागार चलान भएका छन्।
अग्निसाइर कृष्णसवरण गाउँपालिका–१ का २५ वर्षीय राकेशकुमार चौधरीलाई पुर्पक्षका लागि आज कारागार पठाइएको जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए।
पीडित महिलालाई २०७८ साल वैशाख २ गते चौधरीले बलात्कार गरेको जनाउँदै इलाका प्रहरी कार्यालय कञ्चनरूपमा गत साउन १४ गते उजुरी दर्ता भएको थियो।
गाउँपालिकाकै महुली चोकमा भेट्न बोलाई अग्निसाइर कृष्णसवरण–१ सखुवा तीनमुखेस्थित जंगलमा लगेर पर्सा, वीरगञ्ज महानगरपालिकाका इञ्जिनियर चौधरीले बलात्कार गरेको पीडितले आरोप लगाइन्।
इलाका प्रहरी कार्यालय कञ्चनरूपले साउन १५ गते उजुरी दर्ता गरी सोही दिन आरोपितलाई पक्राउ गरेको थियो। आरोपितले बिदामा घर आउँदा भेट भएको जनाउँदै पीडितले आफूलाई लगाएको आरोप झूटो भएको जिकिर गरे। रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया