फेसबुकको मुख्य एपबाटै भिडियो कल गर्न मिल्ने

लोकपथ
65
Shares

काठमाडौं । फेसबुकले अब मुख्य एपबाटै भिडियो तथा भ्वाइस कल गर्न सकिने सुविधा दिने भएको छ । हालसम्म फेसबुकले ह्वाट्सएप र फेसबुक अर्थात् अब भिडियो कल तथा भ्वाइस कल गर्नका लागि तपाईंले मेसेन्जर डाउनलोड गरिरहनु पर्नेछैन, फेसबुकको मुख्य एपबाटै गर्न सक्नुहुनेछ । यसबाट प्रयोगकर्ताले केबल कल गर्नका लागि मात्रै मेसेन्जर एप डाउनलोड गर्नुपर्ने छैन ।

विश्वमा लकडाउनका कारण भौतिक उपस्थितिमा सञ्चालन हुन नसकेका धेरै कार्यालयहरुमा छलफल तथा बैठकहरु समेत अनलाइनमा भिडियो कलिङका माध्यमबाट हुने गरेका छन् । भिडियो कन्फ्रेन्सिङका लागि सुरुमा जुमले अत्यधिक लोकप्रियता पायो र पछि माइक्रोसफ्ट टिम्स, गुगल मीट जस्ता एपहरु पनि विभिन्न फिचरहरुका साथ लञ्च भए ।

भिडियो कलिङको उच्च मागलाई ध्यानमा राख्दै फेसबुक लगायतका सोसल मिडिया कम्पनीहरुले पनि आफ्ना मेसेजिङ तथा कलिङ एपहरुमा एकपछि अर्को गर्दै नयाँ-नयाँ फिचरहरु थप गर्दै लगेका छन् ।

कम्पनीको अनुसार फेसबुकको मुख्य एपमै भ्वाइस तथा भिडियो कलिङ फिचरको हाल परीक्षण भैरहेको छ ।

यद्यपि भविष्यमा फेसबुकको मुख्य एपमा कलिङ सुविधा मात्र ल्याउने वा मेसेजिङ फिचर पनि थप गर्ने भन्ने विषयमा फेसबुकले केही खुलाएको छैन ।

फेसबुकका प्रवक्ताले चाहिं फेसबुकको मुख्य एपमा भिडियो तथा अडियो कलिङको सुविधा थप हुन लागेको भए तापनि धेरै खाले फिचर्सका लागि प्रयोगकर्ताले मेसेन्जर एप नै प्रयोग गर्नुपर्ने बताएका छन् । फेसबुकको मुख्य एपमा भ्वाइस तथा भिडियो कलिङ फिचरको पुनरागमन हुने पक्कापक्की भए पनि एकिन मिति चाहिं खुलासा भएको छैन ।

-अन्तराष्ट्रिय सञ्चार माध्यामबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?