नयाँ दल सनाखतका लागि आयोग पुग्यो महन्थ पक्ष

लोकपथ
70
Shares

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको सनाखतका लागि नेताहरु निर्वाचन आयोग पुगेका छन् ।

अध्यक्ष ठाकुरसहितका नेताहरु केहीबेर अघि निर्वाचन आयोग पुगेका हुन् ।

सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएसँगै महन्थको नेतृत्वमा नयाँ दल दर्ताको प्रक्रिया थालेका थिए ।

पार्टीको विधान समेत पारित गरिसकेको महन्थ पक्षले जनता समाजवादी पार्टी (जसपा) बाट २० प्रतिशत केन्द्रीय सदस्यहरुसहित नयाँ दल दर्ता गरेको हो ।

यता एमालेबाट छुट्टिएका माधवकुमार नेपाल पक्षका नेताहरु समेत नयाँ दर्ताका लागि निर्वाचन आयोग पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?