नेकपा (एकीकृत समाजवादी) पार्टी सनाखतका लागि नेपालसहितका नेताहरु निर्वाचन आयोगमा

लोकपथ
325
Shares

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि नेताहरु निर्वाचन आयोग पुगेका छन् ।

एमालेबाट छुट्टिएर नयाँ दल दर्ताको निवेदन दिएसँगै आयोगले आजका लागि सनाखतका लागि बोलाएको थियो ।

सोही अनुसार दुई दिनसम्म चन्द्रागिरी हिल्समा बसेको नेपाल पक्षको बैठकले विधानसमेत पारित गरेको छ ।

सरकारले गत भदौ १ गते राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएसँगै नेता नेपालले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए । यसअघिको व्यवस्थालाई खुकुलो बनाउँदै २० प्रतिशत केन्द्रीय सदस्य वा संसदीय दलका नेताहरु सहभागी भएमा नयाँ दल खोल्न पाउने प्रावधान संशोधित राजनीतिक दलसम्बन्धी अध्यादेशमा खुलाइएको छ । एमालेसँगको टकरावकाबीच आएको उक्त अध्यादेशले सहजता थपिएसँगै नेपाल पक्षले नयाँ दल दर्ता गरेको हो । त्यसैगरी आज नै महन्थ ठाकुरको नेतृत्वमा दर्ता भएको लोकतान्त्रिक समाजवादी पार्टी समेत सनाखतका लागि आयोगले बोलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?