माओवादी केन्द्रको केन्द्रदेखि जिल्लासम्म जिम्मेवारी हेरफेर, कसको भागमा के ? (सूचीसहित)

लोकपथ
780
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रदेखि जिल्लातहसम्मका नेताहरुको कार्यविभाजन गरेको छ

माओवादी केन्द्रको हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकबाट जिल्ला समन्वय, प्रदेश, प्रवास, उपत्यका समन्वय तथा सम्पर्क समिति लगायतको नेतृत्वको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो । तर तिनलाई पूर्णता भने दिइएको छैन ।

केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्रको विभिन्न विभागहरु गठन गरेको छ । जसअनुसार पार्टी प्रवक्ताको जिम्मेवारी कृष्ण बहादुर महरालाई दिइएको छ । यसअघिका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई प्रवास समिति इन्चार्जको रुपमा नियुक्त गरिएको छ । त्यस्तै संगठन विभागमा जनार्दन शर्मा प्रमुख रहेका छन् ।

त्यस्तै अर्थ विभागको प्रमुखमा वर्षमान पुन , कृषि तथा भूमिसुधार विभागमा हरिबोल गजुरेल, उद्योग तथा बाणिज्य विभागमा वामदेव क्षेत्री, कृषि तथा आर्थिक व्यवस्थापन विभागमा डोरप्रसाद उपाध्याय, उपभोक्ता हित तथा आपूर्ति विभागमा मातृका यादव, खानेपानी तथा सरसफाइ विभागमा बिना मगर नियुक्त भएका छन् ।

त्यस्तै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्कुल विभागमा प्रचण्ड तथा प्रमुखमा गिरिराजमणि पोखरेललाई नियुक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?