नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीको सनाखत आज हुँदै

लोकपथ
117
Shares

काठमाडौं । निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन दिएका नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीलाई सनाखतका लागि बुधबार (आज) बोलाएको छ ।

आयोगले दुबै दललाई सनाखतका लागि अढाई घण्टा समय निर्धारण गरेको छ । विहान ११ः३० देखि दिउँसो २ः०० बजेसम्म आयोगमा गएर नेताहरुले सनाखत गर्नुपर्नेछ ।

आयोगले तोकेको निर्धारित समयभित्र सनाखत गर्नुपर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् । माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए । सरकारले दल विभाजनका लागि सहज हुनेगरी अध्यादेश ल्याएपछि दुबै दललाई नयाँ पार्टी गठनका लागि बाटो खुलेको हो ।

यता नेकपा एमालेले भने माधवकुमार नेपाल पक्षले दर्ता गर्न लागेको दललाई मान्यता नदिन आयोगलाई दबाब दिएको छ । मंगलबार निर्वाचन आयोग पुगेरै एमाले नेताहरुले नेपालले दर्ता गर्न लागेको पार्टीलाई मान्यता नदिन आग्रह दबाब दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?