कमल थापा बन्ने भए मन्त्री, बैठकले गर्यो निर्णय

काठमाडौँ, २३ असोज–कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी  शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागि हुने भएको छ ।  सोमबार पार्टी कार्यालय धुम्बाराहीमा जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले  सरकारमा जाने विषमया टुंगो लगाएको प्रवक्ता भुवन पाठकले जानकारी दिए ।‘सरकारमा जाने विषयमा बैठकले लगभग टुंगो लगाएको छ, पाठकले भने, ‘निर्वाचनमा तालमेल र उम्मेदवार चयनको विषयमा भने छलफल जारी रहेको छ ।’नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग मिलेर चुनावी गठबन्धन बनाएपछि  बिच्किएका प्रधानमन्त्री शेरबहादुर देउवाले  सरकार पुर्नगठनको तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?