सलमान खान नेपाल आउँदै

काठमाडौं, २६ चैत । बलिउड स्टार सलमान खान नेपाल भ्रमणमा आउने भएका छन् । अघिल्लो महिला स्थगित भएको सलमान खानको नेपाल भ्रमण आगामी जेठ १२ मा हुने भएको छ । नेपालस्थित आयोजक ओडीसी इन्टरटेनमेन्टलाई मुम्बईमा रहेको जेए इभेन्ट्सले पठाएको पत्रमा मे २६ तारिख अर्थात् जेठ १२ गते सलमान ‘दबङ टूर’ नामक सो आयोजनाका लागि मिति तय भएको उल्लेख छ । जेए इभेन्ट्सले पठाएको सो पत्रमा सलमान खानसहित सोनाक्षी सिन्हा, कृति सनोन, प्रभु देवा, दिशा शाह, मिट ब्रस, मनिष पल र डान्सरहरु सोका लागि निश्चित गरिएको समेत उल्लेख छ । गत फागुन २६ गते काठमाडौंको टुँडिखेलमा सलमान खानको दबङ टुर नामक सो आयोजना गर्ने भनिएको थियो । तर, अन्तिम समयमा विप्लव समूहको धम्कीलाई देखाउँदै स्थगित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?