सुन्दर पल भन्दै एमाले प्रवक्ता ज्ञवालीले सेयर गरे सामूहिक तस्बिर

लोकपथ
567
Shares

काठमाडौं । मंगलबार नेकपा एमालेको स्थायी कमिटी बैठक बस्यो । पार्टीलाई एकवद्ध बनाउने प्रयासस्वरुप बसेको बैठकपछि सामूहिक तस्बिर अहिले सामाजिक सञ्जालमा चर्चामा रहेको छ ।

सोहि तस्बिरलाई सामाजिक सञ्जालमा सेयर गर्दै एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले एउटा सुन्दर पल भएको बताएका छन् । चुनौतीहरुको सामना गर्न तम्तयार भएको बैठकमा आठ महिनापछि मन मिलेको र एउटै लयमा पार्टी चलायमान भएको उनले बताएका छन् ।

‘एउटा सुन्दर पल ! आठ महिना पछि मिलेका मन र एउटै लयमा चलायमान पाइलाहरू । नेकपा (एमाले) एकताबध्द भएको छ र चुनौतीहरूको सामना गर्न तम्तयार ।’ उनले भनेका छन् ।

त्यस्तै आजको बैठकले गरेको निर्णयबारे बताउँदै छिट्टै महाधिवेशन गरेर नयाँ उर्जाका साथ अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।

ज्ञवालीले भने- ‘एक महिनाभित्र विधान महाधिवेशन र तीन महिनाभित्र राष्ट्रिय महाधिवेशन सम्पन्न गरेर पार्टी नयां उर्जाका साथ अगाडि बढ्ने छ ।’

आजको बैठकले आगामी मंसिर १० गतेदेखि १२ गतेसम्म एमालेको महाधिवेशन गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?