सप्तरीमा मदरसा शिक्षा विधेयकको विरोध गर्दै मुख्यमन्त्री राउतको राजीनामा माग

लोकपथ
338
Shares

सिरहा । राष्ट्रिय एकता अभियानले सप्तरीको राजविराजमा प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतविरुद्ध प्रदर्शन गरेको छ ।

अभियानका जिल्ला संयोजक शिवशंकर शास्त्रीको नेतृत्वमा अभियानले मदरसा शिक्षा विधेयकको विरोध गर्दै मुख्यमन्त्री राउतको पुत्लासमेत दहन गरेको छ ।

अभियानले राजविराजमाको बजार हुँदै निकालेको र्‍याली सहिद चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।

र्‍यालीमा मदरसा शिक्षा विधेयक फिर्ता गर, प्रदेशलाई तालिबान बनाउने मुख्यमन्त्री राजीनामा दे, सुरक्षा दिन नसक्ने मुख्यमन्त्री मुर्दावाद र संघीय हिन्दू गणतन्त्र जिन्दावाद भन्दै मुख्यमन्त्री राउतविरुद्ध चर्को नाराबाजी लगाइएको थियो ।

उक्त विरोध कार्यक्रममा अभियानकी उपाध्यक्ष सुनीता साहले प्रदेशलाई तालिबान बनाउन खोज्ने मुख्यमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताइन् । उनले भनिन्, ‘पछिल्लो समय मुख्यमन्त्री राउतले मदरसा शिक्षा विधेयक ल्याएर प्रदेशलाई तालिबान बनाउन खोजेका छन् ।’

त्यस्तै अभियानका सप्तरी जिल्ला संयोजक शास्त्रीले प्रदेश २ का मुख्यमन्त्री राउत पाकिस्तानी प्रधानमन्त्री इमरान खानको एजेण्ट भएर नेपालमा काम गरिहेको आरोप लगाए।

विश्वका अधिकांश देशमा आज मदरसामाथि प्रतिबन्ध लागीरहेको बेला हिन्दू देशमा मदरसा शिक्षा बिधयेक ल्याई प्रदेश २ लाई तालिबान संस्कृतितिर धकेलिन लागिएको अभियानका विभिन्न वक्ताहरुले आरोप लगाए । त्यस्तै विरोध कार्यक्रममा अभियानका अभियन्ता बिन्दु ठाकुर, सुनिल यादव, दिपेश जोशी लगायत सयौँको सख्यामा सहभागीहरु उपस्थित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?