कुमारी बैंकका ग्राहकलाई मेडी क्वेस्ट ल्याबरोटोरीमा उपचार गर्दा २० प्रतिशतसम्म छुट

लोकपथ
130
Shares

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उदेश्यले ललितपुरमाको जावलाखेलस्थित मेडी क्वेस्ट ल्याबरोटोरीसँग सम्झौता गरेको छ ।

बैंकले आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले मेडी क्वेस्ट ल्याबरोटोरीसँग सम्झौता गरी आफ्ना सेवाग्राहीहरूलाई विभिन्न सुविधा उपलब्ध गराउने व्यवस्था गरेको हो ।

बैंकका मार्केटिङ प्रमुख नवीन मुनि बज्राचार्य तथा मेडी क्वेस्ट् ल्याबरोटोरीका तर्फबाट कार्यकारी अध्यक्ष सुनिल श्रेष्ठले हस्ताक्षर गरे ।

उक्त सम्झौता–पत्र अनुसार मेडी क्वेस्ट् ल्याबरोटोरीका विभिन्न स्वास्थोपचार सेवा शुल्कमा कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गदा २० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १६५ एटिएम, २८ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिवद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?