जेठ २ पूर्वकै जिम्मेवारीमा फर्किन पदाधिकारीहरुलाई एमालेको निर्देशन

लोकपथ
1.7k
Shares

काठमाडौं । नेकपा एमालेले २०७५ साल जेठ २ गते पूर्वको जिम्मेवारीमा क्रियाशील हुन सबै पदाधिकारी तथा सदस्यहरुलाई निर्देशन दिएको छ ।

आज बसेको एमाले स्थायी कमिटी बैठकले जेठ २ पूर्वकै जिम्मेवारीमा क्रियाशील रहन निर्देशन दिएको हो ।

बैठकपछि बोल्दै पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बैठकबारे जानकारी दिँदै पार्टीका सबै पदाधिकारीलाई काममा फर्किन निर्देशन दिने निर्णय भएको जानकारी दिए ।

‘सबै तहका पार्टी कमिटी र जनसंगठनलाई २०७५ जेठ २ गते पूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिने । त्यसैगरी १० बुँदे प्रस्तावलाई सन्दर्भ सामग्रीका रूपमा मातहत कमिटीमा प्रेषित गर्ने निर्णय भएको छ ।’ उनले भने ।

आजको बैठकमा माधवकुमार नेपालको समूहमा रहेपनि एमाले एकता भन्दै नेपालले गठन गरेको दलमा सहभागी नभएका नेताहरुको समेत सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?