काठमाडौं । नेकपा एमालेले आगामी मंसिर १० देखि १२ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ ।
आज ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृती प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकले आगामी महाधिवेशन मसिंर १०,११ र १२ गते काठमाडौंमा गर्ने निर्णय गरको हो ।
बैठकपछि बोल्दै प्रवक्ता प्रदीप ज्ञवालीले सो कुरा जानकारी दिएका हुन् ।
त्यसअघि विधान अधिवेशन असोज ४, ५ र ६ गते हुनेछ ।
बैठकले सबै नेताहरूलाई २०७५ जेठ २ कै जिम्मेवारीमा क्रियाशील हुन निर्देशन पनि दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया