काठमाडौं । लामो समयसम्म नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्टि जनाउँदै आएका नेताहरु मंगलबारको स्थायी कमिटी बैठकमा भने सहभागी भएका छन् ।
पार्टी भित्र विबाद चकिंदै गएपछि उनीहरु वरिष्ठ नेता माधव नेपालको पक्षमा लागेका थिए । तर अन्तिम समयमा नेपालको साथ छोडेर उनीहरु ओलीतिर लागेका हुन् । उनीहरु मंगलबार ओलीले बोलाएको बैठकमा गएका हुन् ।
ओलीसँग असन्तुष्ट रहेका उपाध्यक्षहरू भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, तथा स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे, रघुजीपन्त लगायत बैठकमा सहभागी भएका हुन् ।
एमालेको आन्तरिक कलह समाधान गर्नका लागि गठित कार्यदलले बुझाएको १० बुँदै सहमति कार्यान्वयन गर्न ओली सहमत भएपछि उनीहरु मंगलबारको स्थायी कमिटी बैठकमा गएका बताइएको छ । गत फागुन २३ गते सर्वाेच्च अदालतले एमाले र माओवादीलाई पूर्ववत् अवस्थामा फर्काएपछि एमालेका असन्तुष्ट नेताहरुले पार्टीलाई २०७५ जेठ २ गतेकै अवस्थामा लैजानु पर्ने माग गर्दे आएका थिए । एमाले र माओवादी पूर्ववत् अवस्थामा फर्किएपछि एमालेभित्र माधव नेपाल सहितका असन्तुष्ट नेताहरुले माओवादीसँग एकता भएको अघिल्लो दिन अर्थात २०७५ जेठ २ मा पार्टी लैजानु पर्ने माग गर्दै आएका थिए । तर असन्तुष्ट नेताहरु आफ्नो अडानबाट पछि हटेर पूर्वमाओवादीका नेतासमेत रहेको स्थायी कमिटी बैठकमा सहभागी भएका हुन् । मंगलबारको बैठकमा पूर्वमाओवादीबाट एमाले प्रवेश गरेका स्थायी कमिटी सदस्यहरू रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणि थापा पनि सहभागी छन् ।
तर एमालेलाई २०७५ जेठ २ मा फर्काउदा माओवादीबाट एमालेमा आएकाहरुलाई के गर्ने भन्ने टुंगो भने लागेको छैन । असन्तुष्ट वरिष्ठ नेता नेपालले भने नयाँ पार्टी नेकपा(एकिकृत समाजवादी) गठनका लागि निर्वाचन आयोगमा निवेदन दिइसकेका छन् । त्यसबारे आयोगले भोली टुंगो लगाउँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया