नेपालमा कोरोना : ३५ जनाको मृत्यु, थपिए २ हजार ५ सय बढी संक्रमित (विवरणसहित)

लोकपथ
189
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय २५ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ ।

देशभर कुल १४ हजार ८ सय १० परीक्षण गर्दा सो परिमाणमा संक्रमितहरु थपिएका हुन् । योसँगै नेपालमा कोरोना कुल संक्रमितको संख्या ८ लाख ३१ हजार ९ सय ६८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणको कारण थप ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ५ सय ६८ पुगेको छ ।

त्यसैगरी हालसम्म नेपालमा ७ लाख २ हजार १ सय ८३ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थप २ हजार ८६ जना कोरोना संक्रमणमुत्त भएको मन्त्रालयको तथ्यांकले देखाएको छ ।

मन्त्रालयका अनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार २ सय ५० रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?