नेप्सेका सीईओ चन्द्रसिंह साउदद्वारा राजीनामा दिने तयारी

लोकपथ
203
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का सीईओ चन्द्रसिंह साउदले पत्रकार सम्मेलन गर्ने भएका छन् । उनले अहिले साँझ ५ बजे नेप्सेको कार्यालयमा नै पत्रकार सम्मलेनको आयोजना गरेका हुन् ।

हालै मात्र उनी सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा पनि मुछिएका थिए ।

पछिल्लो समय बजारमा सर्वोत्तख सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएका साउदले आज मंगलबार पत्रकार सम्मेलन गरेर उनले राजिनामा दिन लागेका हुन् की भन्ने हल्ला चलेको छ ।

बुक बिल्डिङमार्फत् आईपीओ जारी गर्न लागेको सर्वोत्तमको सेयर नेप्सेका सीईओ साउदले श्रीमतीको नाममा खरिद गरेको पुष्टि भइसकेको छ। प्रतिकित्ता ७५० रुपैयाँमा आईपीओ जारी गर्न लागेको सर्वोत्तमको सेयर साउदले २५० रुपैयाँमा १० हजार कित्ता किनेका थिए।

यसबारे अर्थ मन्त्रालयले साउदलाई स्पष्टीकरण सोधिसकेको छ। स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै मन्त्रालयले निलम्बन गर्ने तयारी गरेपछि साउदले राजीनामा दिन लागेको स्रोतले बताएको छ।

उनको कार्यकाल आगामी असोज २२ गते सकिँदैछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?