टिकटक भिडियो खिच्ने क्रममा नवौं तलाबाट खसिन् युवती, गयो ज्यान

लोकपथ
858
Shares

टर्की । टिकटकका लागि भिडियो खिच्ने क्रममा एक युवतीको नौ तलाबाट खसेर ज्यान गएको छ । टर्कीकी २३ वर्षीय युवती बिभिन्न पोजमा भिडियो बनाउने क्रममा एउटा अपार्टमेन्टको नवौं तलाबाट खसेकी हुन् ।

पछिल्ला समयमा टिकटकमा भ्युज र लाइक बढाउन विभिन्न खतरनाक पोजमा तस्बिर र भिडियो खिच्ने होड प्रायः टिकटकप्रेमीमा देखिन्छ ।

कुब्रा डोगान नाम गरेकी ती युवती इस्तानबुलस्थित भतिजाको अपार्टमेन्टबाट लडेकी हुन् । सूर्यास्त भइरहेको समयमा आकाशको लोभलाग्दो दृश्यलाई सेल्फीमार्फत कैद गर्ने क्रममा उनी खसेकी थिइन् । अर्पाटमेन्टबाट १ सय ६० फिट तल सडकमा खसेकी उनको घटनास्थलमै मृत्यु भएको थियो ।

अनौठो दृश्यलाई कैद गर्ने नाममा विभिन्न विकृति र विसंगति दोहोरिएको विज्ञहरुको भनाई छ ।
एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?