कुलमान घिसिङको मुद्दा : ३ दिनभित्र मिसिल झिकाउन सर्वोच्चको आदेश

लोकपथ
442
Shares

काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक (सीईओ) कुलमान घिसिङविरुद्ध परेको रिटमा मिसिल कागज झिकाउन आदेश दिएको छ ।

निर्वतमान सीईओ हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले सो आदेश दिएको हो ।

आफू नहटेको अवस्थामा सरकारले घिसिङलाई प्राधिकरणको प्रमुख बनाएको भन्दै शाक्यले उत्प्रेषणको आदेश माग गर्दै भदौ १ गते सर्वोच्चमा रिट दायर गरेका थिए । २ गतेका लागि पेसी तोकिए पनि उक्त रिट हेर्न नभ्याइने सूचीमा राखिएको थियो ।

यसअघि पनि प्राधिकरणको नेतृत्व गरिसकेका घिसिङलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले पुनः नियुक्त गरेको थियो । भने प्राधिकरणको नेतृत्व सम्हालिरहेका शाक्यलाई भने उनकै सहमतिमै जल तथा ऊर्जा आयोगमा पठाउने निर्णय गरेको थियो ।

आज प्रधानन्यायाधीश राणाको इजलासले कुलमानलाई प्राधिकरणमा नियुक्ति गर्ने मन्त्रीपरिषद्को निर्णय र नेपाल विद्युत् प्राधिकरण र हितेन्द्रदेव शाक्यबीच भएको सम्झौताको सक्कल फाइल ३ दिनभित्र झिकाउन आदेश दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?