ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

RSS
26
Shares

कैलाली । कैलालीमा ट्रकको ठक्करबाट आज एक पैदल यात्रीको मृत्यु भएको छ । गौरिगङ्गा नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आईरहेको ग१ख ६४४१ नम्बरको ट्रकको ठक्करबाट सोही ठाउँका ४० वर्षीया मानसिंह गुर्धामीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुले जानकारी दिए ।

अहिले ट्रक र चालकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?