काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बसेको छ ।
मंगलबार बिहान ११ बजेका लागि बोलाइएको तयारी नपुगेको भन्दै ३ बजेसम्मका लागि सारिएको थियो ।
केही बेरअघि ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा सुरु भएको बैठकमा माधवकुमार नेपाललाई साथ नदिएका एमालेका तेस्रो पुस्ताका नेताहरु समेत सहभागी भएका छन् ।
माधवकुमार नेपाल भने नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन दिएका बेला नेपाललाई साथ दिएका नेताहरुसँगको सोमबारको बैठकपछि एमालेले आजका लागि बैठक बोलाएको छ ।
आजको बैठकमा एमाले विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको १० बुँदे प्रतिवेदन पूर्ण रुपमा कार्यान्वयन गर्नेबारे सहमति हुने समेत बताइएको छ ।
पार्टी एकता जोगाउनका लागि भन्दै नेपालको साथ छोडेका तेस्रो पुस्ताका नेताहरुले सोमबार अध्यक्ष ओलीसँग लामो छलफल गरेका थिए ।
झन्डै तीन घण्टाको छलफलमा अध्यक्ष ओली २०७५ जेठ २ को एमालेको संरचनाअनुसार अघि बढ्न र १० बुँदे प्रस्ताव कार्यान्वयन गर्न सकारात्मक देखिएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया