काठमाडाैं । लोकप्रिय गायिका विष्णु माझीको नयाँ तीजगीत ‘चरी जेलैमा’ सार्वजनिक भएको छ । विशेष गरेर मौलिकता हराउँदै गएको नेपाली तीजगीतमा माझीको यो गीतले केही राहत दिएको छ ।
लामो समयदेखि निरन्तर तीजगीत निकाल्नेमा पर्छिन् गायिका माझी । उनका तीजगीत शृंखला ‘पुतलीको भट्टी’को यो १७औं भाग हो । यसअघिका भागहरुले पनि राम्रो चर्चासँगै नेपाली मनमा लोकप्रियता कमाइसकेका छन् ।
सहरबजारका नारीहरुले तीजलाई उत्सवको रुपमा भड्किलो तरिकाले मनाउँदै आए पनि अधिकांश पहाडी र दुर्गम क्षेत्रमा धेरै पीडा अझै छ । गीतले विवाहित चेलीको त्यही वेदनालाई प्रस्तुत गरेको छ । खराब श्रीमानका कारण चेलीले पाउने पीडालाई गीतमा मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।
गीत यतिबेला युट्युब र टिकटकमा निकै लोकप्रिय बनेको छ । ६ दिनअघि मात्र सार्वजनिक भएको गीतलाई युट्युबमा २९ लाखभन्दा बढी पटक हेरिएको छ । ८ हजारभन्दा बढी प्रतिक्रिया पाएको यस गीतलाई हेरेर अधिकांशले प्रशंशा गरेका छन् । गीतले साँच्चै नै तीज आएको भान भएको भन्दै धेरै राम्राराम्रा प्रतिक्रिया पाएको छ ।
सपना म्युजिक इन्डष्ट्रिजको युट्युबमार्फत सार्वजनिक गरिएको गीतमा सुन्दरमणि अधिकारीको शब्द र संगीत रहेको छ भने विनोद बाजुरालीको एरेन्ज, महिमा आचार्यको कोरस गायन छ । त्यसैगरी भिडियोमा ललिता पौड्याललाई देख्न सकिन्छ ।
शिव बिकको कोरियोग्राफीमा सुन्दरमणि अधिकारीले नै भिडियोको निर्माण एवं निर्देशन गरेका हुन् । शम्भु चालिसेको छायांकन रहेको भिडियोलाई सुजन शाहीले सम्पादन गरेका हुन् ।
भिडियाे हेर्नुहाेस् :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया