उपत्यकामा लम्ब्याइयो जारी निषेधाज्ञा, अब राति ८ बजेपछि सवारी चलाउन पाइने (निर्णयसहित)

लोकपथ
889
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप गरिएको छ । आज राति १२ बजेसम्म रहेको निषेधात्राको समयावधि बढाउँदै आगामी भदौ १६ गतेसम्म पुर्याइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

आज बसेको उपत्यकाका तीनै जिल्लाका प्रमुखहरुको बैठकले सो बारेमा निर्णय गरेको हो ।

जसअनुसार अब उपत्यकाभित्र बेलुकी ८ बजेपछि निजी तथा सार्वजनिक सवारी साधन चलाउन पाइने भएको छ।

यसअघि बेलुकी सवारी साधन सञ्चालनमा रोक लगाएकोमा अबदेखि सञ्चालन गर्न दिने निर्णय गरेकाो जिप्रका काठमाडौंले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?