‘अभिलम्ब क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गरियोस्’

लोकपथ
312
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले अभिलम्ब क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गर्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार विभिन्न मागसहित पार्टी कार्यालयमा धर्नामा रहेका जिल्ला सभापतिहरुको आन्दोलनलाई ऐक्यवद्धता जनाउँदै नेता थापाले सो बारेमा पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका हुन् ।

क्रियाशील सदस्यता वितरणमा त्रुटि भए सच्याउने अधिकार पार्टीको सिंगो पंक्तिलाई रहेकाले पनि कांग्रेस नेतृत्वले त्यसको सार्वजनिक गर्न ढिलाई गर्न नहुने उनको तर्क थियो ।

सोही क्रममा १४ औं महाधिवेशनको तयारीमा जुटेका आफूहरुलाई महाधिवेशनको तयारीका लागि पनि क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न पार्टी नेतृत्वलाई दवाव दिन धर्ना कार्यक्रम सुरु गर्नु परेको नेपाली कांग्रेसका रामेछाप जिल्ला कार्य समितिका सभापति लबश्री न्यौपानेले जानकारी दिए । उनले महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्न पनि आफूहरुले पार्टी नेतृत्वलाई दबाब दिएको स्पष्ट पारे ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी मंसीर ९ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुने मिति पछिल्लो समय पुनः तोकिएको छ । कांग्रेस सभापतिहरुले सो मितिमै पार्टीको महाधिवेशन सम्पन्न गर्न पनि पार्टी नेतृत्वलाई दवाव दिन पार्टी केन्द्रिय कार्यालयमा धर्ना दिनु परेको स्पष्ट पारेका छन् । धर्ना कार्यक्रममा पुगेर नेपाली कांग्रेसका नेताहरु शेखर कोइराला, अर्जुन नरसिंह केसी र गगन थापाले पनि अभिलम्ब क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गर्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका हुन् । नेता कोइरालाले क्रियाशील सदस्यता वितरणमा देखिएको त्रुटि सच्याउन पनि पार्टी नेतृत्वले क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गर्न ढिलाई गर्न नहुने स्पष्ट पार्नु भयो । उहाँले जिल्ला सभापतिहरुको माग सम्बोधन गर्न पार्टी नेतृत्वलाई दबाब समेत दिए ।

अर्का नेता केसीले नेपाली कांग्रेसका हरेक सदस्यहरुले आफ्नो कार्य क्षेत्रको क्रियाशील सदस्यहरुको जानकारी पाउने अधिकार सुनिश्चित गर्न पनि पार्टी नेतृत्वले तत्काल क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गर्न ढिलाई गर्न नहुने बताए । उनले कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले यसका हरेक सदस्यहरुले क्रियाशील सदस्यबारे जानकारी गराउने लोकतान्त्रिक अधिकार हनन् हुन नहुने पनि बताए ।

क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न माग गर्दै नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले पार्टी नेतृत्वलाई दिवाव दिन सुरु गरेका छन ।

मंगलबार बिहानै सानेपास्थित पार्टी केन्द्रिय कार्यालय पुगेका उनीहरुले क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न माग गर्दै धर्ना दिन सुरु गरेका हुन् ।

नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले महाधिवेशन समयमै हुने गरी तयारी गर्न पनि पार्टी नेतृत्वलाई दवाव दिने काम गरिरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?