चन्द्रागिरि हिल्समा माधव नेपालको बैठकपछि ब्युँझियो काठमाडौं प्रशासन

लोकपथ
2.2k
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले चन्द्रागिरि हिल्सलाई स्पष्टीकरण सोधेको छ ।

कोरोना संक्रमणका बेला राजनीतिक भेला गरी भीडभाड गरेको भन्दै प्रशासनले त्यसबारे सोधपुछ गरेको हो ।

जिप्रकाका प्रमुख कालीप्रसाद पराजुलीले हिल्सका महाप्रबन्धक अविशेषविक्रम शाहलाई फोन गर्दै सो बारेमा स्पष्टीकरण सोधेका हुन् ।

सोमबार माधवकुमार नेपालले नयाँ पार्टी नेकपा एकीकृत समाजवादीको बैठक राखेका थिए । दर्ताको प्रक्रियामै रहेको नेपाल नेतृत्वको उक्त पार्टीको विधान र आगामी रणनीतिक छलफल गर्न नेपाल पक्षले राखेको बैठकपछि काठमाडौं प्रशासनले मंगलबार फोन गरेर त्यसबारे जानकारी लिएको हो । साथै नेपाललाई कोभिडका बेला नियम उल्लंघन गर्दै कार्यक्रमहरु नराख्न समेत सुझाव दिएको प्रशासनले जनाएको छ ।

काठमाडौं उपत्यकासहित नेपालमा कोरोना संक्रमणको जोखिम बढिरहेको भनिएका बेला विभिन्न राजनीतिक कार्यक्रमहरु भइरहेका छन् । केही समय प्रधानमन्त्रीबाट केपी शर्मा ओलीको बालुवाटारबाट विदाईका बेला होस् वा अन्य जात्रा उत्सवहरुमा ठूलो भीड लागिरहेको प्रति भने काठमाडौं प्रशासन मौन रहेको छ । त्यतिमात्र नभएर कोरोनाविरुद्धको खोप लगाउने केन्द्रहरुमा समेत मानिसहरुको अत्याधिक भिडभाड लाग्ने गरेको गुनासोहरु आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?