अफगान संकटबारे छलफल गर्न आज जी-सेभेनको आपत्कालीन बैठक बस्दै

लोकपथ
0
Shares

लन्डन । अफगानिस्तानमा भएको संकटबारे छलफल गर्न ठूला सात औद्योगिक राष्ट्रहरुको समूह जी-सेभेनको बैठक आज बस्दै छ। तालिबानले काबुलको सत्ता नियन्त्रणमा लिएपछि त्यहाँ रहेका विदेशीलाई उद्धारमा कठिनाइ भइरहँदा जी-सेभेनको बैठक बस्न लागेको हो ।

बेलायतले होस्ट गर्ने भर्चुअल बैठकमा जी-सेभेनका सदस्य मुलुकले काबुलबाट विदेशीको उद्दार कार्य निरन्तर हुने भएकाले सेना फिर्तीको समयसीमालाई थप गर्न अमेरिकालाई दबाब दिने अपेक्षा गरिएको छ ।

जी-सेभेन बैठकको तयारी अघि नै यस्तो सूचना बाहिरिएपछि तालिबानले यदि सयमसीमा लम्बाइए त्यो दुर्भाग्यपूर्ण हुने चेतावनी दिइसकेको छ । अगस्ट ३१ मा अमेरिकाले अफगानिस्तान छाड्ने समयसीमा एकातिर छ भने अर्कोतर्फ, तालिबानले काबुल विमानस्थल कब्जा गरेकाले विदेशीको उद्धारमा कठिनाइ भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?