माधव नेपालले भने- ‘अष्ट कमरेड सल्लाहले नै मुख्यमन्त्री बन्नुभएको हो’

लोकपथ
312
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य आफूसँगको सल्लाहमै सरकारमा गएको खुलासा गरेका छन् ।

मंगलबार चन्द्रागिरीमा केन्द्रीय सदस्यहरुसँगको छलफलपछि नेता नेपालले सो कुरा बताएका हुन् ।

शाक्यलाई आफ्नै सल्लाहमा मुख्यमन्त्री बनाइएको भए पनि अहिले अफ्ठ्यारोमा रहेको बताए ।

‘अष्ट कमरेड सल्लाहले नै मुख्यमन्त्री बन्नुभएको हो । तर अहिले अप्ठेरोमा हुनुहुन्छ । ’ नेता नेपालले भने ।

नेता नेपालले राजनीतिक दलसम्बन्धी अध्यादेशले दल दर्ताको २१ दिनभित्र स्थानीय जनप्रतिनिधिहरुले पार्टी रोज्न पाउने व्यवस्था रहेको बताउँदै शाक्यले कुल दल रोज्ने भन्ने स्वयंमा निर्भर हुने बताए ।
‘अध्यादेश अनुसार प्रदेश र स्थानीय तहका प्रतिनिधिलाई २१ दिनभित्र पार्टी रोज्न पाउने व्यवस्था छ । त्यो व्यवस्था अनुसार उहाँले कुन पार्टी रोज्नुहुन्छ त्यो उहाँकै कुरा हो ।’ नेता नेपालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?