कुलमानको मुद्दा प्रधानन्यायाधीशको इजलासमा

लोकपथ
156
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक (सीईओ) कुलमान घिसिङविरुद्ध परेको मुद्दामा आज सुनुवाइका लागि पेशी तोकिएको छ ।

घिसिङको नियुक्ति बदरको मागसहित निवर्तनमा सीईओ हितेन्द्रदेव शाक्यले दायर गरेको रिट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलासमा परेको छ ।

आफू पदमा रहँदारहँदै कुलमानलाई गरिएको नियुक्ति कानुनविपरीत भएको भन्दै शाक्य अदालत गएका थिए।

आफूले गरिएको कार्यसम्पादनको मूल्यांकन नगरी हटाइएकोमा आपत्ति जनाउँदै घिसिङलाई गरिएको नियुक्ति कानुनविपरीत रहेको उनको जिकिर रहेको छ ।

‘प्राधिकरणको कार्यकारी निर्देशक पदबाट मैले राजीनामा दिएको छैन भन्ने कुरा निर्विवाद छ। त्यसैगरी मलाई विपक्षी नेपाल सरकारले उक्त पदबाट सुनुवाइको मौका प्रदान गरी कुनै कानुनी आधारमा हटाउने निर्णय गरेको छैन भन्ने कुरा पनि निर्विवाद छ । यस्तो अवस्थामा मेरो यथावत रहेको नेपाल विद्युत् प्राधिकारणको कार्यकारी निर्देशक पदमा विपक्षी कुलमान घिसिङलाई नियुक्ति गर्ने कार्य कानुन र औचित्यको समेत प्रतिकूल छ।’ उनले दायर गरिएको रिटमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?