काठमाडौं । धनुषामा आफ्नै बुबा र श्रीमतीको हत्या गरेर गाड्ने एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ ललिया निवासी २७ वर्षीय भागेश्वर मण्डल रहेका छन् । केही अघि मात्रै वैदेशिक रोजगारीबाट फर्किएका मण्डलले आफ्ना ५५ वर्षीय बुबा रामवृक्ष मण्डल र २४ वर्षीया श्रीमती अमिरकादेवीको हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनले दुवै जनाको हत्या गरी छिमेकीको आँपको बगैँचामा गाडेका थिए ।
मंगलबार बिहान उनको घरमा ३ र ४ वर्षका बच्चाहरु रोइरहेको र भागेश्वर पनि घरमा टोलाएर बसिरहेका थिए । सोही क्रममा उनले नै हत्या गरेको पत्ता लगाई छिमेकीले प्रहरीमा खबर गरेका थिए । खबर पाउनसाथ प्रहरी घटनास्थल पुगेको र उनलाई पक्राउ गरी थप अनुसन्धान गर्दा आफूले नै हत्या गरेको स्वीकार गरेका थिए । उनले पारिवारिक विवादका कारण बुबा र श्रीमतीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । साथै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया