लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रीकृष्ण सुवेदी नियुक्त

लोकपथ
234
Shares

काठमाडौं । लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रीकृष्ण सुवेदी नियुक्त भएका छन् ।

मंगलबार (आज) नियुक्त भएका सुवेदीले प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश निता गौतम दीक्षितले शपथ ग्रहण गराएकी हुन् ।

यसअघि शंकर पोखरेल मुख्यमन्त्री हुँदा ठाकुरप्रसाद डिसी मुख्य न्यायाधिवक्ता रहेका थिए । पोखरेलको राजीनामासँगै डिसीले राजीनामा दिएसँगै खाली रहेको पदमा सुवेदीलाई वर्तमान गठबन्धन सरकारले नियुक्त गरेको हो ।

नवनियुक्त मुख्य न्यायाधिवक्ता सुवेदी यसअघि सत्य निरूपण तथा मेलमिलाप आयोग तथा मानवअधिकारका विषयमा अधिवक्ताको काम गर्दै आएका थिए ।

प्रदेश प्रमुखको कार्यालयमा भएको सपथ ग्रहण कार्यक्रममा लुम्बिनीका प्रमुख अमिक शेरचन, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, मन्त्रीहरू प्रदेशसभा सदस्यहरू प्रहरी सेना तथा मन्त्रालय तथा कार्यालयका सचिव तथा प्रमुखहरुको समेत सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?