सर्‍यो एमाले स्थायी कमिटी बैठक

लोकपथ
735
Shares

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी सरेको छ ।

मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेसम्मका लागि सरेको हो ।

आन्तरिक छलफलका लागि भन्दै ११ बजे बोलाइएको बैठक ३ बजेसम्मका लागि सारिएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार दिउँसो ३ बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक बस्न लागेको छ ।

आजको बैठकमा माधवकुमार नेपालले गठन गर्न लागेको नयाँ पार्टीमा सहभागी नभएका नेताहरुको समेत सहभागिता रहने बताइएको छ ।

सोमबार नेपाल पक्षमा नलागेका स्थायी कमिटी सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर एमाले विवाद समाधान गर्न गठित कार्यदलले गरेको १० बुँदे सहमती कार्यान्वयन गर्न दबाब दिएका थिए ।

स्थायी कमिटी सदस्यहरुको सोही माग बमोजिम आज २०७५ साल जेठ २ गतेको अवस्थाको स्थायी कमिटी बैठक बस्ने र बैठकमा यसअघि उपस्थित नभएका स्थायी कमिटी सदस्यहरु पनि सहभागी हुने जनाइएको छ ।

आज बस्ने स्थायी कमिटीको बैठकले १० बुँदे कार्यान्वयनका लागि मितिसहितको कार्ययोजना ल्याउने र लगत्तै केन्द्रीय कमिटी बैठक आव्हान गरेर सहमतिलाई परिस्कृत गर्दै कार्यान्वयनमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?