नेपाली क्रिकेट टोली ओमान प्रस्थान

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोली आज (मंगलवार) ओमान प्रस्थान गरेको छ ।

आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आयोजक राष्ट्र ओमान तथा संयुक्त राज्य अमेरिकासँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्न नेपाली टोली ओमान गएको हो।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपाली टोलीले मंगलवार बिहान ८ बजे सलाम एयरको जहाजबाट ओमान प्रस्थान गरेको छ। कप्तान ज्ञानेन्द्र मल्ल तथा प्रशिक्षक डेब वाटमोरको नेतृत्वमा १७ सदस्सीय टोली ओमान गएका छन्।

आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, संयुक्त राज्य अमेरिका र ओमानबीचको अन्तराष्ट्रिय एकदिवसीय त्रिकोणात्मक सिरिज भदौ २८ गतेदेखि असोज ४ गतेसम्म आयोजना हुनेछ। त्यसअघि नेपालले सेप्टेम्बर ५ र ८ (भदौ २० र २३) मा पपुवा न्युगिनी (पीएनजी)सँग दुई मैत्रीपूर्ण एकदिवसीय खेलको सिरिज खेल्ने छ।

Travel: Oman's SalamAir Resolves Air Space Entry Issue With Saudi

नेपालले विश्वकप लिग-२ अन्तर्गत गत वर्ष नै ओमान र संयुक्त राज्य अमेरिकासँग ४ एकदिवसीय खेल खेलिसकेको छ। नेपाल ४ खेलमा २ जित र २ हारसंगै अंक तालिकाको छैठौं स्थानमा रहेको छ। त्यस्तै ओमान अंक तालिकाको शीर्ष स्थानमा रहेको छ भने अमेरिका दोस्रो स्थानमा रहेको छ।

नेपालसहित ओमान, अमेरिका, पपुवा न्युगिनी, स्कटल्यान्ड, नामिबिया र युएई गरी विश्वकप लिग(२ मा ७ टोली सहभागी रहेका छन्। सन् २०२३ सम्म होम र अवेको आधारमा आयोजना हुने यस प्रतियोगिताको शीर्ष तीन टोलीले सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकप क्रिकेटमा स्थान प्राप्त गर्नेछन्।

ओमान प्रस्थान गर्ने टोली

ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, आशिफ शेख, गुलशन झा, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, अविनाश बोहरा, सुशन भारी, शरद भेषवाकर, विक्रम सोब, पवन सर्राफ र रोहितकुमार पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?