काठमाडौं । नेकपा(एमाले)को स्थायी कमिटी बैठक आज बस्दैछ ।
स्थायी कमिटी बैठक आज बिहान ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्ने प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताए ।
बिगतमा माधव नेपाल समुहमा रहेका र हाल नेता नेपालका साथ छाडेका स्थायी कमिटी सदस्यहरुले सोमवार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर एमाले विवाद समाधान गर्न गठित कार्यदलले गरेको १० बुँदे सहमती कार्यान्वयन गर्न दबाब दिएका थिए । स्थायी कमिटी सदस्यहरुको सोही माग बमोजिम आज २०७५ साल जेठ २ गतेको अवस्थाको स्थायी कमिटी बैठक बस्ने र बैठकमा यसअघि उपस्थित नभएका स्थायी कमिटी सदस्यहरु पनि सहभागी हुने जनाइएको छ ।
आज बस्ने स्थायी कमिटीको बैठकले १० बुँदे कार्यान्वयनका लागि मितिसहितको कार्ययोजना ल्याउने र लगत्तै केन्द्रीय कमिटी बैठक आव्हान गरेर सहमतीलाई परिस्कृत गर्दै कार्यान्वयनमा लैजाने नेता योगेश भट्टराईले बताए ।
एमालेको केन्द्रदेखि वडा तहसम्मको कमिटी २०७५ जेठ २ गतेको अवस्थामा फर्काउनको लागि स्थायी कमिटी बैठकमा कार्ययोजना प्रस्तुत हुने उनको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया