वेस्ट ह्यामद्वारा लेस्टर पराजित, एन्टोनियोले रचे कीर्तिमान

काठमाडौं। इंग्लिश प्रिमियर लिगअन्तर्गत गए राति खेलिएको ‘मन्डे नाइट किकअफ’मा वेस्ट ह्याम युनाइटेडले लेस्टर सिटीलाई ४-१ गोलको फराकिलो अन्तरले पराजित गरेको छ।

वेस्ट ह्यामको घरेलु मैदान लन्डन स्टेडियममा करिब ६० हजार दर्शकबीच भएको खेलमा घरेलु टोलीले पहिलो हाफको २६औं मिनेटमा अग्रता लिएको थियो। वेस्ट ह्यामका लागि पाब्लो फोर्नाल्सले गोल गरेका थिए।

West Ham vs Leicester LIVE: Premier League result, final score and reaction  tonight

पहिलो हाफको ४०औं मिनेटमा लेस्टरका फरवार्ड आयोजे पेरेजले सोझो रातो कार्ड पाएर मैदानबाट बाहिर जाँदा पाहुना टोली १० खेलाडीमा सीमित भएको थियो। त्यसपछि वेस्ट ह्यामले खेलमा अरु तीन गोल थप्न सफल भयो।

दोस्रो हाफको ५६औं मिनेटमा साइड बेन्राहमाको गोल मार्फत वेस्ट ह्यामले आफ्नो अग्रता दोब्बर बनाएको थियो। तर खेलको ६९औं मिनेटमा लेस्टर खेलमा फर्कियो। लेस्टरका लागि युरी तिलेमान्सले गोल गरेका थिए।

West Ham's Michail Antonio claims Paolo Di Canio's scoring crown in rout of  10-man Leicester City

त्यसपछि मिचेल एन्टोनियोले कीर्तिमान रचे। वेस्ट ह्यामका लागि राईट ब्याकबाट करियर सुरु गर्दै स्ट्राइकर बन्न पुगेका एन्टोनियोले खेलमा दुई गोल थपे। एन्टोनियोले खेलको ८०औं तथा ८४औं मिनेटमा गोल गर्दै क्लब इतिहासको सर्वाधिक गोलकर्ता बनेका छन्। उनले वेस्ट ह्यामका लागि ४८ गोल गर्न सफल भएका छन्।

यस जितसँगै वेस्ट ह्यामले दुई खेलमा दुई जित दर्ता गरेको छ। उता पहिलो खेलमा वुल्भ्सविरुद्ध जित निकालेको लेस्टर भने वेस्ट ह्यामसामु निरिह देखिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?