काठमाडौं । नेकपा(एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टी पुनर्गठनको काममा दृढतापूर्वक उभिन सम्पूर्ण पार्टी पंक्तिलाई आह्वान गरेका छन् ।
अध्यक्ष नेपालले सोमबार राति सामाजिक सञ्जालमार्फत् पार्टी र कम्युनिष्ट आन्दोलनलाई पुर्नगठन गर्ने काममा दृढतापूर्वक उभिन आव्हान गरेका हुन् । ‘वार्ता र सहमति’ का भ्रमपूर्ण समाचारहरू सार्वजनिक भएको भन्दै उनले यस प्रकारका छलकपटपूर्ण समाचारबाट भ्रममा नपरी पार्टी पुर्नगठनको पक्षमा उभिन अपिल गरेका छन् ।
उनले भने, ‘वार्ता र सहमतिका भ्रमपूर्ण समाचारहरू सार्वजनिक भएका छन् । अतः यसप्रकारका छलकपटपूर्ण समाचारबाट भ्रममा नपरी हाम्रो पार्टी एवम् नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन सम्पूर्ण पार्टी पंक्ति, न्यायप्रेमी एवम् क्रान्तिकारी जनसमुदायमा हार्दिक अपिल गर्दछु ।’
उनले दक्षिणपन्थी विसर्जनवाद, विकृति, अन्याय र विसंगतिका विरूद्ध विद्रोह गर्दै कम्युनिष्ट आन्दोलन र सस्कृतिको रक्षा, मुलुकको समृद्धि एवम् जनतालाई खुसी प्रदान गर्ने लक्ष्यसहित नयाँ कम्युनिष्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढिरहेको उल्लेख गरेका छन् । साथै पटक पटकका बेइमानी एवम् धोखाधडीको निरन्तरता स्वरूप नै ‘वार्ता र सहमती’ को समाचार सार्वजनिक भएको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया