गर्भवतीले यी ५ खानेकुरा नखाएकै राम्रो

लोकपथ
1.3k
Shares

अरू समयमा त खानेकुरामा विशेष ध्यान राख्नुपर्छ भने गर्भवती भएको अवस्थामा खान पानमा विशेष ध्यान दिनु पर्छ । यस्तो बेलामा खानपानमा गरिने सानो लापरबाहीले पनि गर्भमा रहेको बच्चाको स्वास्थ्यमा असर गर्न सक्छ । गर्भवती भएको अवस्थामा केही खानेकुरा खानै नहुने किसिमका पनि हुन्छन् भने केही खानेकुराहरू थोरै मात्रामा खाए पनि गर्भवती र गर्भमा रहेको बच्चालाई नमिल्ने किसिमको हुन्छ ।

अङ्कुरित गेडागुडी

अङ्कुरित गेडागुडी शरीरका लागि एकदमै फाइदाजनक मानिन्छ । तर काँचो अङ्कुरित गेडागुडी गर्भवती महिलाले नखाएकै राम्रो मानिन्छ । अङ्कुरित काँचो गेडागुडीमा सैल्मोनेला ब्याक्टेरिया पर्याप्त मात्रामा रहेको हुन्छ । पानीले राम्ररी पखाल्दा पनि यो ब्याक्टेरिया गेडागुडीमै रहेको हुन्छ । यदि काँचो गेडागुडी गर्भवतीले खाने हो भने यसले बढी बेफाइदा गर्छ । त्यसैले गर्भवती महिलाले काँचो गेडागुडी भन्दा पकाएको गेडागुडी खानु राम्रो हुन्छ ।

क्याफिन

कफी पिउने लहर अहिले सबै वर्गमा बढ्दै गएको छ । गर्भवती भएको अवस्थामा कफीको सेवन नगरेकै राम्रो मानिन्छ । कफी अत्यधिक मन पर्छ तर गर्भवती अवस्थामा छ भने धेरै थोरै पिएको राम्रो मानिन्छ । स्वस्थ विज्ञहरूका अनुसार गर्भवती भएका महिलाहरूले एक दिनमा २०० मिलिग्राम भन्दा पनि कम मात्रामा कफी पिउनु पर्छ । कफीमा रहेको क्याफिन भन्ने तत्त्व शरीरमा छिटो घुलेर गर्भाशयमा पुग्छ । गर्भमा भएको बच्चामा मेटाबोलिजम इन्जाइम हुँदैन, जसले गर्दा बच्चालाई क्याफिनले हानी गर्न सक्छ । गर्भावस्थामा धेरै क्याफिन को प्रयोगले बच्चाको तौल र शरीरका अन्य अङ्गहरूको विकास रोकिन पनि सक्छ ।

जङ्क फुड

गर्भवती भएको अवस्थामा गर्भको बच्चाका लागि भए पनि आमाले पोसिलो खानेकुराहरू खानुपर्छ । आमाले खाएको पोसिलो खानेकुराले गर्भमा भएको बच्चाको सम्पूर्ण विकासमा मद्दत गर्छ । यस्तो बेला गर्भवती आमाले जङ्क फुड सकभर खानै हुँदैन । यस्ता किसिमका खानेकुरामा पोषक तत्त्व न्यून हुन्छ भने यसमा सुगर र क्यालोरीको मात्रा भने बढी हुन्छ । जङ्क फुडको सेवनले छिटो तौल बढाउँछ जसले गर्दा सामान्य अवस्थामा बच्चा जन्माउन आमालाई कठिन हुन्छ । त्यसैले गर्भवती भएको अवस्थामा महिलाले फलफूल, हरियो सागसब्जी तथा अन्य ताजा र आफैँले पकाएको पोसिलो खानेकुरा खानुपर्छ ।

काँचो अन्डा

काँचो अन्डामा सेल्मोनेला ब्याक्टेरिया पाइन्छ । काँचो अन्डामा पाइने सेल्मोनेला ब्याक्टेरियाले ज्वरो आउने, वान्ता हुने र पेट निमोठ्ने जस्ता किसिमका समस्याहरू हुनसक्छ । काँचो अण्डाको सेवनले गर्भाशयमा पनि ऐँठन हुन सक्छ । जसको कारण कहिलेकाहीँ गर्भमा रहेको बच्चाको जन्म समय भन्दा पहिले पनि हुनसक्छ ।

काँचो खानेकुरा

काँचो खानेकुरा सबैलाई स्वास्थबर्धक हुन्छ भन्ने पनि हुँदैन । फलफूल तथा तरकारीको बोक्रामा धेरै प्रकारका ब्याक्टेरियाहरू हुन्छन् । यदि फलफूल र तरकारीलाई राम्ररी नपखाली वा बोक्रा नफाली खाएमा ती फल र तरकारीको बोक्रामा रहेका ब्याक्टेरियाहरू गर्भवतीको शरीरमा पुग्छ । यस्ता ब्याक्टेरियाहरूले गर्भमा रहेको बच्चाको आँखामा समेत समस्या ल्याउन सक्छ । त्यसैले गर्भवती महिलाले काँचो खाने खानेकुराहरूको बाहिरको बोक्रा ताछेर, पकाएर खान मिल्ने भए पकाएर खानुपर्छ । यदि काँचो नै खाने हो भने राम्ररी पखालेर खाएमा आमा र गर्भको बच्चा दुबैलाई स्वास्थबर्धक मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?