काठमाडौ । दीपक र दीपालाई जोडी कलाकारका रूपमा हेरिन्छ । यो जोडीले सिने उद्योगमा सँगै काम गर्न थालेको पनि लामो समय भयो । टेलिचलचित्र हुँदै चलचित्रमा सँगै काम गरेका उनीहरूले संयुक्त रूपमा केही चलचित्र निर्माण समेत गरे । जुन चलचित्र उद्योगमा सफल चलचित्रको सूचीमा पर्छन् ।
आज दीपाश्रीको जन्मदिन । दीपाको जन्मदिनमा दीपकले ३० वर्षअघिका कुरा स्मरण गरेका छन् ।
दीपकले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन, ‘३० वर्षअघिको कुरा हो । म हरेक दिन रेडियो नेपाल जान्थेँ, नाटक खेल्न, खुट्टामा चप्पल हुन्थ्यो , शरिरमा झुत्रे लुगा तर ऑखामा मीठो सपना थियो ।
मिहिनेत धेरै गरेँ , संघर्ष धेरै भयो तर सफलता अझै टाढा थियो । हरेक दिन संघर्षसँगै इश्वरसँग प्राथना गरिरहन्थेँ । न मिहिनेत काम लागिरहेको थियो, न प्रार्थना ! त्यही समय रेडियो नेपालमा एकदिन उनीसँग मेरो भेट भयो, त्यो भेट बिस्तारै सहकार्यमा बदलियो, ‘रामबिलास धनियॉ ‘ ५ वर्ष, ‘तीतो सत्य’ १२ वर्ष विभिन्न चलचित्रहरू १० वर्ष गर्दै आज म यहाँ आइपुगेको छु ।’
मैले इश्वरसँग धेरै गुनासो गरेको थिए, सफलता मागेको थिएँ तर इश्वरले आशीर्वादको रूपमा कतिबेला उनीलाई मेरो साथरी बनाएर पठाएछन् पत्तै भएन १११ उनी एउटा यस्तो साथी जो अरूको खुशीका लागि आफ्नो खुशी त्यागिदिन्छ, जो अरूको सपना पूरा गर्न आफ्ना सपनाहरूलाई पिन्जडामा थुन्न सक्छ !!!
अरूकै लागि हॉस्न सक्ने, अरूकै लागि बॉच्न सक्ने, कसैको ऑशु देख्नै नसक्ने, मुख अलि छुच्चो तर मन सारै कमलो जस्ले जे भनोस् उनी संसारकै सबैभन्दा जाती छिन् ! मेरो एउटा साथी छिन् !!! जो सबैभन्दा माथि छिन् !!! तिमिलाइ जन्मदिनको लाखौँ, करौडौँ, अरबौँ, खरबौँ शुभकामना प्रिय साथी दीपा !!!
https://www.facebook.com/deepakrajgiri84/posts/4500048323392140
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया