काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली विघटित पार्टी एकता कार्यदलले तय गरेको १० बुँदे सहमति कार्यान्वयन गर्न सहमत भएका छन् ।
एमालेबाट अलग्गिएर नेकपा (एकीकृत समाजवादी) बनाएका माधवकुमार नेपाललाई साथ नदिएका स्थायी कमिटी सदस्यहरुसँग आफ्नो निवास बालकोटमा सोमबार भएको बैठकमा अध्यक्ष ओलीले कार्यदलले तय गरेको सहमति कार्यान्वयन गर्दै पार्टी कमिटीलाई २०७५ साल जेठ २ गतेको अवस्थामा फर्काउन आफु तयार रहेको बताए ।
बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदैँ प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बैठकमा स्थायी कमिटीले १० बुँदेको कार्यान्वयनमा जोड दिएको र १० बुँदेको कार्यान्वयनको प्रक्रियालाई अझ तिव्रताका साथ अगाडि बढाउने बताए ।
उनले बैठक सौहार्द र उपलब्धिमुलक भएको भन्दै पार्टी एकतामा देखा परेका समस्याहरु समाधानका दृढतापूर्वक अगाडि बढ्ने विश्वास पनि व्यक्त गरे ।
१० बुँदेको कार्यान्वयको सम्बन्धमा मंगलबार बिहान ११ बजे स्थायी कमिटी बैठक बस्ने र सो बैठकमा माधव नेपाललाई साथ नदिएका तथा हालसम्म बैठकमा उपस्थित नभएका स्थायी कमिटी सदस्यहरुपनि सहभागी हुने उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया