एमालेले बोलायो स्थायी कमिटी बैठक, १० बुँदे कार्यान्वयनको प्रयास खोजिने

लोकपथ
65
Shares

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी एकता जोगाउने प्रयासस्वरुप एमालेले स्थायी कमिटी बैठक आह्वान गरेको हो ।

आज माधवकुमार नेपाल पक्षमा नलागेका नेताहरुसँगको छलफलपछि एमालेले पार्टीको स्थायी कमिटी बैठक बोलाएको हो ।

भोलिको बैठकले १० बुँदे सहमतीलाई कार्यान्वयनको प्रक्रियामा लैजानका लागि बैठक आह्वान गरिएको स्रोतले जनाएको छ ।

आजको बैठकपछि बोल्दै एमाले स्थायी कमिटी सदस्य योगेश भट्टराईले १० बुँदे कार्यान्वयनको पक्षमा पार्टी अध्यक्ष केपी शर्मा ओली रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?