चितुवाको छाला र कस्तूरीको बिनासहित ५ जना पक्राउ

लोकपथ
49
Shares

दाङ । दाङमा चितुवाको छाला र कस्तूरीको बिनासहित ५ जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार बिनासहित घोराहीको होटेल टु डे प्लाजाबाट घोराही-७ का मोहन बुढा र प्युठानका मदन केसी पक्राउ परेका छन् ।

त्यसैगरी चितुवाको तीनवटा छालासहित बैतडीका प्रदीपकुमार विक, विमल औजी र हेमन्त औजी अमिलियाबाट पक्राउ परेका हुन् । पक्राउ परेकाहरुलाई दुई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले बिनाको तौल ३१ ग्राम २ सय मिलिग्राम रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?