‘पार्टी एकता जोगाउन अध्यक्ष ओली सकारात्मक हुनुहुन्छ’

लोकपथ
676
Shares

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी एकतालाई जोगाएर अघि बढ्न पार्टी अध्यक्ष केपी शर्मा ओली सकारात्मक रहेको प्रतिकृया दिएका छन् ।

आज ओली निवास बालकोटमा भएको छलफलपछि पूर्वमन्त्री समेत रहेका नेता भट्टराईले पार्टी अध्यक्ष ओली पार्टीलाई एकतावद्ध बनाएर अघि बढ्न सकारात्मक भएको बताए ।

‘अध्यक्ष कमरेडले अत्यन्तै सकारात्मक धारणा व्यक्त गर्नुभएको छ । पार्टीलाई एकताबद्ध बनाउन जिम्मेवार छु भन्नुभएको छ । कसैप्रति भेदभाव र अन्याय हुँदैन भन्ने सुनिश्चितता अब स्थायी कमिटी बैठकले गर्छ गर्नुभएको छ । अब सबै साथीहरूलाई विभाजनको पक्षमा नलागी एकतामा लाग्न आह्वान गर्छु ।’उनले भने ।

आजको छलफलमा अध्यक्ष ओलीले पूरानो जिम्मेवारीहरुलाई यथावत राख्ने र नेता कार्यकर्ताहरुको जिम्मेवारी यथावत राख्नेबारे अघि बढ्न ओली तयार भएको नेता भट्टराईले बताए ।

पार्टी एकताको पक्षमा फर्किन नेता कार्यकर्ताहरुलाई आग्रह गरिएको र भोलि बस्ने स्थायी कमिटीले पनि आह्वान गर्ने उनको भनाइ रहेको छ ।

नेकपा एमाले मंगलबार (भोलि) का लागि स्थायी कमिटी बैठक बोलाएको छ । भोलिको बैठकमा माधवकुमार नेपाल पक्षमा नलागेका नेताहरुको समेत उपस्थिती रहने स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?