कांग्रेस महाधिवेशन : संस्थापन इतरबाट सभापतिको साझा उम्मेद्वार बनाउन छलफल तीव्र

लोकपथ
390
Shares
file photo

काठमाडौं । नेपाली कांग्रेसको आगामी महाधिवेशन नजिकिएसँगै संस्थापन इतरका नेताहरुले छलफललाई तीव्रता दिएका छन् ।

साझा उम्मेद्वार खडा गर्नका लागि संस्थापन इतरका नेताहरुले पटक पटक गरेका छन् ।

सोमबार काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको बैठकमा कांग्रेस सभापतिका लागि आकांक्षी नेताहरुले साझा उम्मेद्वारका लागि सहमती गरेका हुन् ।

बैठकमा महाधिवेशनमा संस्थापन इतरबाट कसलाई उठाउँदा सहज रुपमा जित हाँसिल गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको बताइएको छ ।

यता आज नै नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधानसहितको प्रतिवेदन नेताहरुले पार्टी सभापति समक्ष बुझाउने तयारी भइरहेको छ ।

आजको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी, शेखर कोइराला लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?