उपत्यकाको यातायात अस्तव्यस्त : धुलो, धुवाँ र अव्यवस्थित फुटपाथको समस्याले हैरानी

लोकपथ
156
Shares

काठमाडौं । काठमाडौं उपत्यकाको यातायात व्यवस्थापन अस्तव्यस्त भएको छ । धुलो, धुवाँ र अव्यवस्थित फुटपाथको समस्याका कारण उपत्यकाको यातायात व्यवस्थापन अस्तव्यवस्त भएको हो ।

महालेखापरीक्षकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो । उपत्यकाको सार्वजनिक सवारीको अनिश्चितता, स्पेसिफिक लेनको अभाव, नन्मोटराइज्ड, धुलो, धुवाँको कारण उपत्यकाको यातायात अव्यस्थित भएको महालेखाले जनाएको छ ।

त्यसलाई हटाउन काठमाडौं उपत्यका यातायात गुरुयोजना २०१७ तयार भएको समेत महालेखाको प्रतिवेदनमा उल्लेख छ । सो योजनामा सडक सञ्जाललाई रेडियलबाट सर्कमफेरिन्ययल बनाउने, मास ट्रान्जिटको व्यवस्थापन गर्ने, ट्राभल मोड सिफ्टसहितको एकीकृत ट्राफिक व्यवस्थापन गर्नेलगायतका काम नभएको महालेखाको प्रतिवेदनमा उललेख छ ।

त्यसैगरी सवारीसाधानलाई उपत्यकामा भित्रिने नाकावरपर व्यवस्थापन गर्ने, संस्थागत संरचनाको विकास गर्नेगरी सडक दुर्घटना घटाउने, साइकल सवारी र पैदलयात्री व्यवस्थापन गर्ने, भित्री घनाबस्तीमा प्रत्येक ५०० मिटर आपत्कालीन सडक विस्तारलगायतका कार्य गर्नेगरी कार्यक्रम निर्धारण भएको भए पनि ती कार्यहरू नभएको फेला परेको प्रतिवेदनमा उललेख छ ।

उपत्यकाको यातायात व्यवस्थापनका लागि महानगरीय प्रहरीले गरेको अध्ययनमा २१ हजार सीसी टिभी राख्नुपर्ने औँल्याए पनि हालसम्म १ हजार ६५ वटा मात्रै जडान भएको छ । उपत्यकामा वर्षौँदेखि मर्मत हुन नसकेको सडक, अव्यवस्थित संरचना, ट्राफिक बत्ती, सडक मार्किङको कार्यले गर्दा सवारी व्यवस्थामा समस्या रहेको महालेखाले जनाएको छ ।

त्यस्तै, विगतमा सीमित मात्रामा सञ्चालनमा रहेका मास ट्रान्जिटको व्यवस्थालाई निरन्तरता दिन नसकेको, चीन सरकारको सहयोगमा निर्मित त्रिपुरेश्वरदेखि सूर्यविनायकसम्मको १३ किलोमिटर सडक सञ्चालनमा नरहेको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?